१७ श्रावण २०८३ आइतबार
image/svg+xml
समाज

सुरक्षित व्यवस्थापनको खोजी : रंगशाला पुगेर ७२ जनाले नाम टिपाए

सरकारले नदी किनारमा रहेको सुकुम्वासी बस्ती हटाउन थालेपछि ७२ जनाले स्वेच्छिक रूपमा रंगशाला पुगेर आफ्नो विवरण दर्ता गराएका सरकारले जनाएको छ । 

काठमाडौंको बल्खु र वंशीघाट क्षेत्रमा बसोबास गर्ने, तर आफ्नो घर, जग्गा र पैतृक सम्पत्ति नभएको र न्यून आयस्रोत भएको भन्दै हालसम्म ७२ जनाले रंगशाला पुगेर आफ्नो विवरण टिपाएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार आफ्नो सुरक्षित व्यवस्थापनको खोजीमा अहिलेसम्म ७२ जनाले स्वेच्छिक रूपमा रंगशाला पुगेर आफ्नो विवरण दर्ता गराएका हुन् ।  

रंगशालामा शहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगर प्रहरीको संयुक्त टोलीले विवरण संकलन गरिरहेको छ। यस्तै विवरण संकलनसँगै त्यहाँ पुगेका नागरिकको स्वास्थ्य जाँच र आवश्यक मनोपरामर्श प्रदान गरिएको सरकारले जनाएको छ । 

विवरण संकलनपछि उनीहरुलाई तत्कालका लागि ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीस्थित विद्युत तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र र काभ्रेको बनेपास्थित रेडक्रस भवनमा व्यवस्थापन गर्ने तयारी भएको छ।

प्रकाशित: १८ वैशाख २०८३ १५:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App