९ कार्तिक २०८३ सोमबार
image/svg+xml
समाज

गुल्मीमा स्कारपियो दुर्घटना, पाँच जनाको ज्यान गयो

गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्।

प्रहरीका अनुसार स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बीएए ०२२० नम्बरको स्कारपियो दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते भएका तीनै जनाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माले जानकारी दिएका छन्।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित: ९ कार्तिक २०८३ १८:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App