८ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

स्कुल बस र अटो दुर्घटना : मत्यु हुनेको संख्या तीन पुग्यो

सोमबार बिहान उदयपुरमा भएको सवारी दुर्घटनामा मत्यु हुनेको संख्या तीन पुगेको छ।

सोमबार बिहान ९ः४५ बजे बेलका नगरपालिका–४ लालबजारमा  को.प्र.०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको को १ ख ३५१६ नम्बरको बस एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका अटो चालक ३८ वर्षीय इन्द्र थापा मगरको दिउसो २ः३० बजे उपचारकै क्रममा मृत्यु भएको इप्रका प्रहरी प्रमुख इन्स्पेक्टर अश्वीन तोलाङ्गेले बताए।

यसअघि, बेलका नगरपालिका–५  मैनीकी ३४ वर्षीया मन्दिरा मगर र सुनसरी बराहक्षेत्र नगरपालिका–४ बाङ्गेकी १८ वर्षीया दिया राईको मृत्यु भएको थियो। उनीहरुको वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा अस्पतालमा उपचारको क्रममा ११ः ४५ बजे मृत्यु भएको प्रहरीले जनाएको थियो।

यस्तै, घाइते भएका बेलका नगरपालिका–५ मैनी बस्ने १८ वर्षीय रोशन मगर र मोरङ विराटनगर महानगरपालिका–१२ बस्ने १९ वर्षीय अजित गुरुङको उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले स्कुल बस र चालक बेलका नगरपालिका–५ घुम्ने बस्ने ३६ वर्षीय विक्रम थापालाई नियन्त्रणमा लिई यसबारे अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: ८ भाद्र २०८३ १६:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App