२४ आश्विन २०८३ शनिबार
image/svg+xml
समाज

स्कुल बस दुर्घटना : चार मृतकको पहिचान खुल्यो, १२ घाइतेको उपचार हुँदै

पोखरा महानगरपालिका–२८ कालिकास्थानस्थित शान्ति मैदानमा कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा मृत्यु भएका चार जनाको पहिचान खुलेको छ। 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार दुर्घटनामा १५ वर्षीया ममता तिवारी, १३ वर्षीय असिम कँडेल, ६५ वर्षीय बाबुराम तिवारी, १५ वर्षीय शुभेच्छा तिवारी र नामथर नखुलेकी १५ वर्षीया किशोरीको मृत्यु भएको हो। 

दुर्घटनामा घाइते भएका १२ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। घाइतेमध्ये १६ वर्षीया अस्मी कँडेल सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत छिन्। 

अस्पतालका अनुसार घाइते हुनेमा १३ वर्षीया सोनिया तिवारी, १४ वर्षीया स्नेहा खत्री, १३ वर्षीय अंकित पराजुली, १५ वर्षीया स्नेहा तिवारी, १५ वर्षीया स्मृति खत्री, १४ वर्षीया सुप्रिया आचार्य, १५ वर्षीया मेरिना तिवारी, १४ वर्षीया आकृति बुढाथोकी, ३१ वर्षीय अर्जुन शाही, १६ वर्षीय यमन मगर र ५७ वर्षीय तुलबहादुर गुरुङ छन्। 

सौर्यमाझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको विद्यालयको बस पोखरा महानगरपालिका–२८ स्थित ओख्लेको भीरबाट करिब २०० मिटर तल खसेको थियो। दुर्घटनामा विद्यालय जाँदै गरेका विद्यार्थी र स्थानीयसमेत परेका थिए। 

प्रारम्भिक विवरणअनुसार दुर्घटनाग्रस्त बसमा १७ जना बालबालिका र एक स्थानीय सवार थिए। दुर्घटनापछि घाइतेलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो।  

प्रकाशित: २३ आश्विन २०८३ १२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App