२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

बजार जान्छु भनेर हिँडेकी सरिता शिवपुरी जंगलमा मृत भेटिइन

सांकेतिक तस्बिर

तारकेश्वर–३, तीनपिप्लेकी ४५ वर्षीया सरिता तिवारी मृत अवस्थामा फेला परेकी छन्। वैशाख ११ गते दिउँसो ‘बजार जान्छु’ भन्दै घरबाट निस्किएकी उनी त्यसयता सम्पर्कविहीन भएकी थिइन्।

परिवारले वैशाख १२ गते नै खोजतलासका लागि प्रहरीमा जाहेरी दिएको थियो। जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार खोजी अभियानका क्रममा मंगलबार दिउँसो टोखा–१ स्थित शिवपुरी जंगलमा गाडिएको अवस्थामा उनको शव उत्खनन गरी फेला पारिएको हो।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले टोखा–२ का ३५ वर्षीय अनिल डङोललाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानले हत्या भएको संकेत गरेको प्रहरीले जनाएको छ। हत्या किन र कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।

पक्राउ परेका डङोललाई कर्तव्य ज्यान मुद्दामा दुई दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ वैशाख २०८३ ०६:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App