१७ आश्विन २०८३ शनिबार
image/svg+xml
समाज

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साल्ट ट्रेडिङ कर्पोरेशनलाई रु तीन लाख जरिवाना गरेको छ।

उपभोक्ता संरक्षण ऐन विपरीत कसुर गरेको भन्दै विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ‘ङ’ बमोजिम कसुर गरिएको भन्दै सो कारबाही गरेको हो।

उक्त ऐनको दफा ३८ को खण्ड ‘ङ’ मा अनुचित व्यापारिक क्रियाकलाप गरे वा गराए बापत कारबाही गर्ने प्रावधान छ।

विभागले काठमाडौं महानगरपालिका–१३ का साल्ट ट्रेडिङ कर्पोरेशनलाई प्रज्वलमान प्रधानका नाममा पत्र पठाउँदै उक्त  जरिवाना तिर्न निर्देशन दिएको विभागद्वारा प्रेषित पत्रमा उल्लेख छ।

विभागले जरिवाना बापतको रकम आदेश प्राप्त भएको मितिले सात दिनभित्र राजस्व शीर्षक नं. १४३१२ मा दाखिला गरी बैंक भौचरको दोस्रो प्रति विभागमा पेश गर्न निर्देशन दिएको छ।

प्रकाशित: १५ आश्विन २०८३ १८:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App