२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
समाज

मानवअधिकार दिवसमा दौड प्रतियोगिता

७७ औं अन्तराष्ट्रिय मानवअधिकार दिवसका अवसरमा विराटनगरमा मंसिर २४ गते दौड प्रतियोगिता आयोजना गरिने भएको छ । राष्ट्रिय मानवअधिकार आयोग कोशी प्रदेश कार्यालय विराटनगरले आज पत्रकारहरूसँगको छलफलमा मानवअधिकार दिवसका अवसरमा पाँच हजार मिटरको दौड प्रतियोगिता आयोजना गरिने जानकारी दिएको हो ।  

विराटनगरको राजवंशी चोकबाट सुरू हुने प्रतियोगिता महेन्द्र चोकमा सभासहित समापन गरिने आयोगले जनाएको छ । आयोगका मानवअधिकार अधिकृत भीमराज आङ्दाम्बेले प्रतियोगितामा महिला, पुरुष र महिला, पुरुष भेट्रानको छुट्टा छुट्टै समूह सहभागि हुने जानकारी दिए  ।  

प्रतियोगितामा सहभागी हुन अनलाईन मार्फत र भौतिक उपस्थितिमा नागरिकता वा परिचय खुल्ने सरकारी कागजात सहित आयोगमा निवेदन दिन सकिने छ ।  

प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय हुनेहरूलाई मेडल, प्रमाणपत्र र सहभागीहरूलाई पनि प्रमाणपत्र प्रदान गरिने आयोगले जनाएको छ ।  

 

प्रकाशित: १७ मंसिर २०८२ २०:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App