काठमाडौं महानगरपालिकाले सडक अतिक्रमण गर्ने गतिविधिविरुद्ध कारबाहीलाई तीव्र बनाएको छ।
महानगरपालिका वडा नम्बर ५, विशालनगर क्षेत्रमा सार्वजनिक पेटीमा गाडी रोकेर कवाडी सामान लोड गरिरहेको अवस्थामा एक व्यक्तिलाई २५ हजार रुपैयाँ जरिवाना गरिएको हो।
पैदल यात्रुका लागि निर्माण गरिएको फुटपाथमै सवारीसाधन रोकेर सामान लोड–अनलोड गर्दा पैदलयात्रीलाई आवागमनमा समस्या भएका कारण जरिवाना गरिएको महानगर प्रहरी बलले जनाएको छ।
प्रकाशित: ३ वैशाख २०८३ ०९:३८ बिहीबार





