२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

पर्सिदेखि सार्वजनिक सवारीलाई देशभर रुट परमिट खुला

फाइल तस्बिर

चाडपर्वलाई लक्षित गर्दै सरकारले सार्वजनिक सवारीको रुट परमिट खुला गरेको छ ।  

अब यात्रुवाहक सवारी साधनले सोमबारदेखि रुट परमिटको नियम मान्नु पर्नेछैन । घटस्थापनादेखि पूर्णिमाको पर्सिपल्टसम्म (असोज ६ गतेदेखि २२  गते) सम्म नेपालभर लागू हुनेगरी रुट परमिट खुला गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।

विशेष परिस्थितका कारण निषेध गरिएका सार्वजनिक सवारीलाई भने बन्देज नै गरिएको विभागले जनाएको छ ।

त्यस्तै, बुटवल–नारायणघाट सडक खण्डको दाउन्ने क्षेत्रमा दशैं अवधिभर ठुला मालवाहक सवारी (१२ चक्के वा सोभन्दा माथि) सञ्चालन नगर्ने तर खाद्यान्न लगायतका अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीलाई भने निरन्तर सञ्चालन गर्न दिइने समेत विभागले जनाएको छ । 

प्रकाशित: ४ आश्विन २०८२ २१:५६ शनिबार