१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

ट्याक्टरको ठक्करले किशोरको निधनपछि अवरुद्ध भएको सडक सुचारु

सांकेतिक तस्बिर

सवारी दुर्घटनापछि भएको विवादले अवरुद्ध सडक सञ्चालनमा आएको छ । अघिल्लो साँझ ६:३० बजे दुर्घटनामा परि एक किशोरको निधन भएपछि उत्पन्न विवादले रोकिएको मदन भण्डारी लोकमार्ग सुचारु भएको हो ।  

बेलका नगरपालिका ३ नयाँ टोलस्थित रामपुर–भागलपुर खण्डको भित्री सडकमा अनटेस्ट ट्याक्टर दुर्घटनामा परि बेलका ३ कालीखोलाका बाबुराम माझीका छोरा १६ वर्षीय समिर माझीको निधन भएको थियो । घट्नामा परि किशोरको ज्यान गएपछि पीडितका आफन्तको किटानी जाहेरीसँगै सो ठाउँका स्थानीयबासीले दुर्घटना गराउने सवारी साधनसहित चालक पक्राउ गरि कारबाहीको माग गर्दै सडक अवरुद्ध गरेका थिए ।  

घट्नालगत्तै फरार चालकको खोजतलास गरि पक्राउ गर्नुपर्ने, सख्त कानुनी कारबाही गर्नुपर्ने तथा उचित क्षतिपूर्ति भराउनुपर्ने मागसहित डेढ २ सय स्थानीयबासी भेला भएर आईतबार दिउँसो १ बजेदेखि मदन भण्डारी लोकमार्ग अवरोध गरेका थिए । प्रारम्भिक अनुसन्धान तथा पीडितको आफन्तको किटानी जाहेरीको आधारमा दुर्घटना गराउने बेलका ३ कालीखोलाका बिक्रम पाण्डेको अनटेस्ट टेयाक्टर रहेको पुष्टि भएको छ ।  

खेजतलासको क्रममा ट्याक्टर र चालक २२ वर्षीय बिशाल पाण्डेलाई पक्राउ गरेपछि स्थानीयले सडक सुचारु गर्न दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरी र स्थानीयबीच सहमति भएपछि साँझ ५ बजेदेखि अवरोध लोकमार्ग सुचारु भएको छ ।  

पक्राउ ट्याक्टर र चालक पाण्डेलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलाको हिरासतमा राखेर थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केदारमान दोङले बताएका छन् । 

प्रकाशित: २८ मंसिर २०८२ २०:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App