१ असार २०८३ सोमबार
image/svg+xml
समाज

'वेटिङ फर डेथ' नामको टिकटक चलाउने रियाको सर्प टोकाईबाट मृत्यु

waiting for death नामको टिकटक आइडी चलाउँदै आएकी कपिलवस्तु नगरपालिका वडा नम्बर १ मालटोलस्थित १६ वर्षीया रिया बर्माको विषालु सर्पको टोकाईबाट मृत्यु भएको छ।  

बुधबार मध्यरातमा उनलाई घरमै विषालु सर्पले टोकेको थियो। उपचारका लागि कपिलवस्तु अस्पताल पुर्‍याइएको थियो। त्यसपछि थप उपचारको लागि सर्वदर्शन उपचार केन्द्र गोरुसिङ्गे लगिएको थियो। त्यहाँ पुर्‍याउनु अघि नै उनको मृत्यु भइसकेको चिकित्सकले बताए।  

तौलेश्वरनाथ संस्कृत माध्यमिक विद्यालयमा एसइई पास गरेकी उनको कक्षा ११ पढ्ने सपना अधुरो रह्यो। waiting for death नामबाट टिकटक आइडी खोलेकी उनको मृत्युसमेत संयोग नै भएको छ।  

उनको शवलाई कपिलवस्तु अस्पतालमा पोस्टमार्टमपछि परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ । मृतक रिया आमाबाबुको एक्लो सन्तान थिइन्। 

प्रकाशित: २१ जेष्ठ २०८३ १४:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App