२२ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

आज काठमाडौंसहित यी जिल्लामा आकस्मिक बाढीको जोखिम

बाढी पूर्वानुमान महाशाखाले सोमबार काठमाडौंसहित ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको जानकारी दिएको छ।

बिहान जारी गरेको सूचनाअनुसार आज ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, पाँचथर, इलाम, धनकुटा, झापा, मोरङ, खोटाङ, उदयपुर, ओखलढुंगा, भोजपुर, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, सुर्खेत, दैलेख, अछाम, कालिकोट, बाजुरा, बझाङ, बाँके, बर्दिया, दार्चुला, बैतडी, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्लामा बहने स-साना नदीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ।

यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

May be an image of text
May be a graphic of map and text

प्रकाशित: २२ भाद्र २०८३ ०९:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App