१९ भाद्र २०८३ शुक्रबार
image/svg+xml
समाज

४० बढी जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

आज (शुक्रबार) देशका ४० भन्दा बढी जिल्लाका स-साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ।

बाढी पुर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, कालिकोट, जुम्ला, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेल्धुरा र कञ्चनपुर तथा आसपासका जिल्लामा बहने स-साना नदीमा बहाव बढ्ने सम्भावना छ।

यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको बताइएको छ।

यस्तै, रसुवा र नुवाकोट हुँदै बहने भोटेकोशी र त्रिशूली नदी तथा आसपासका स-साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ। यी क्षेत्रमा आकस्मिक बाढीको उच्च सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। नदी तथा खोलानजिक बसोबास गर्ने र यात्रा गर्ने सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ।

प्रकाशित: १९ भाद्र २०८३ ०९:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App