१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

दुर्लभ राजगोमन सर्पको उद्धार

महोत्तरीको बर्दिबास नगरपालिका–३ राजाबास गाउँबाट करिब ११ फिट लामो र झन्डै छ किलोग्राम तौल भएको दुर्लभ राजगोमन सर्पको उद्धार गरी सुरक्षित रूपमा प्राकृतिक बासस्थानमा छाडिएको छ।

बाख्रा खोर नजिकै राखिएको दाउरामा लुकेको अवस्थामा उक्त सर्प फेलापरेको थियो। मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलका अनुसार ट्रस्टका सुवोध आचार्य, गौतम मण्डल तथा सबडिभिजन वन कार्यालय लालगढको संयुक्त टोलीले सर्पलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएको हो।

उद्धारपछि सर्पलाई नजिकैको सामुदायिक वन क्षेत्रमा लगेर पुनःस्थापना गरिएको छ। अध्यक्ष मण्डलका अनुसार चुरे क्षेत्र राजगोमन सर्पको प्राकृतिक बासस्थान भएकाले सोही वातावरणमा छाडिएको हो। रासस

प्रकाशित: ७ वैशाख २०८३ ०८:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App