१४ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

माथिल्लो त्रिशूली ‘३ ए’मा उद्धार तीव्र : प्रवेशद्वार खोल्ने काम एक घण्टामा पूरा हुने

भोटेकोशी बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका मानिसहरूको उद्धारका लागि सुरुङको प्रवेशद्वार खोल्ने काम अबको करिब एक घण्टामा सम्पन्न हुने नेपाली सेनाले जनाएको छ।

सेनाका अनुसार प्रवेशद्वार खुलेपछि मात्रै सुरुङभित्र फसेका मानिसहरूको खोजी तथा उद्धार सुरु गरिनेछ। बाढी प्रभावितको उद्धारका लागि नेपाली सेनासहितको टोली अहोरात्र खटिएको छ। गएराति भीषण बाढी आए पनि उद्धार प्रयास निरन्तर जारी रहेको छ।

उद्धारका लागि आवश्यक स्काभेटर र डोजर आयोजनास्थलतर्फ पठाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नेपाली सेनाले ती उपकरण नुवाकोटको बट्टारसम्म पुर्‍याएर खण्ड-खण्डमा छुट्याएको थियो। त्यसपछि हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ लगिएको हो। 

प्रकाशित: १४ भाद्र २०८३ १५:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App