१४ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले स्काभेटर र डोजरलाई नुवाकोटको बट्टार पुर्‍याइएको छ।

नेपाली सेनाका अनुसार ती उपकरणहरूलाई त्यहाँ खण्ड–खण्ड (डिसमेन्टल) पारेर हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ लगिएको हो।

बाढी प्रभावितहरूको उद्धारका लागि नेपाली सेनासहितको टोली अहोरात्र खटिएको सेनाको भनाइ छ।

सेनाले गएराति भीषण बाढी आएको भए पनि उद्धार प्रयास निरन्तर जारी रहेको उल्लेख गर्दै अबको केही समयमै सुरुङको प्रवेशद्वार (टनेल इन्ट्री) खोल्ने (ब्रेक थ्रु) काम सम्पन्न हुनेछ।

त्यसपछि मात्रै फसेका मानिसहरूको खोजी तथा उद्धार कार्य सुरु हुनेछ।

प्रकाशित: १४ भाद्र २०८३ १४:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App