१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

आगलागी पीडितलाई राहत

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवास्थित तेम्बाका आगलागी पीडितहरुलाई राहत जुट्न थालेको छ । नेपाली कम्युनिष्ट पार्टी पार्टी ताप्लेजुङ जिल्ला कमिटी र मिक्वाखोला गाउँपालिका कमिटी तथा र वाईसिएल नेपाल ताप्लेजुङ र वाईसिएल मिक्वाखोला गाउँपालिका कमिटीको संयोजनमा आफ्ना सदस्यहरुबाट संकलित २ लाख १९ हजार ४ सय २४ रुपैयाँ शुक्रबार आगलागी पीडितलाई हस्तान्तरण गरिएको छ ।  

नेपाली कम्युनिष्ट पार्टीका नेता तथा साविक नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री ‘पराग’का अनुसार रकम तेम्बाका ६ घर आगलाी पीडित परिवारलाई प्रदान गरिएको छ । वाईसिएल नेपालका नेता कैलाश मावोका अनुसार राहत मिक्वाखोला गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाको रोहवरमा पीडितहरुलाई हस्तान्तरण गरिएको छ ।  

यस्तै नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङले तेम्बाका आगलागी पीडित परिवारका लागि आपतकालिन सामग्री अन्तरगत खाद्यान्न भाडा वर्तन सहितका सामाग्री हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङका मन्त्री विकास गौतमका अनुसार आगलागी प्रत्येक परिवारलाई चामल, दाल, तेल, नुन, मसला, चिया, कम्बल, त्रिपाल, भाँडासेटसहित हाईजेनिक किट प्रदान गरिएको छ ।

गत मंगलबार राति तेम्बा बजारमा भएको आगलागीबाट झण्डै सवा करोड मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । 

प्रकाशित: ५ मंसिर २०८२ २१:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App