२ आश्विन २०८३ शुक्रबार
image/svg+xml
समाज

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुल्यो (सूचनासहित)

नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ भर्ना खुलाएको छ। प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी कार्यालय सहयोगीका विभिन्न पदका लागि नयाँ भर्ना खुलाएको हाे।

नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत मानव स्रोत विकास विभागको वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले शुक्रबार सूचना जारी गर्दै आवेदन माग गरेको हो।

प्रहरी सहायक निरीक्षक (जनपद), प्रहरी कार्यालय सहयोगीतर्फ भान्छे, हजाम र कुचीकार पदमा माग गरिएको सूचनामा उल्लेख छ।

इच्छुक उम्मेदवारले असोज १२ देखि कात्तिक १० गतेसम्म नेपाल प्रहरीको आधिकारिक वेबसाइट मार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित: २ आश्विन २०८३ ०९:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App