११ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

रसुवा बाढी : मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो

रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या १७७ पुगेको छ। अहिलेसम्म १७७ जनाको शव फेला परेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनुहँमा ९, पूर्वी नवलपरासीमा ३२ र पश्चिम नवलपरासीमा ६ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

यस्तै, ३३ जना घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।अहिले खोज तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन्।

प्रकाशित: ११ भाद्र २०८३ १३:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App