२० श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

सद्भावको सन्देश दिँदै इटहरीमा दोस्रो पटक र्‍याली

सामाजिक एकता, धार्मिक सहिष्णुता, आपसी सम्मान र सहअस्तित्वको सन्देश प्रवाह गर्ने उद्देश्यले इटहरीमा आइतबार सद्भाव र्‍याली निकालिएको छ।

सुनसरीको घटनामा स्थिति सहज भएसँगै आम नागरिकलाई सन्देश फैलाउन इटहरीमा दोस्रो पटक सद्भाव र्‍याली निकालिएको हो।

यसअघि बुधबार नागरिक समाजको अगुवाइमा र्‍याली निकालिएको थियो। आइतबार र्‍यालीमा सहभागीहरूले सामाजिक एकता, धार्मिक सहिष्णुता, आपसी सम्मान र शान्तिपूर्ण सहअस्तित्वका पक्षमा सन्देशमूलक नारासहित इटहरीका विभिन्न क्षेत्रको परिक्रमा गरेका थिए।

र्‍यालीपछि आयोजित कार्यक्रममा विभिन्न समुदायका प्रतिनिधिहरूले सामाजिक सद्भाव कायम रहँदा मात्र शान्त, समृद्ध र समावेशी समाज निर्माण सम्भव हुने धारणा राखे।

उनीहरूले धर्म, जाति, भाषा र समुदाय फरक भए पनि आपसी सम्मान र सहकार्यले नै समाजलाई बलियो बनाउने बताए।

इटहरी जेसीजका अध्यक्ष जेसी मिसन पराजुलीले र्‍याली सामाजिक एकता, सद्भाव र सहअस्तित्वको प्रतीकका रूपमा स्थापित भएको बताए।

उनले यस्ता अभियानलाई निरन्तरता दिँदै सबै समुदायबिच विश्वास, सहकार्य र सम्मानको भावना अझ सुदृढ बनाउन आवश्यक रहेको उल्लेख गरे।

र्‍यालीमा विभिन्न जातजाति, धर्म, भाषा र समुदायको प्रतिनिधित्व गर्दै २८ भन्दा बढी सामाजिक, धार्मिक तथा सामुदायिक संघ–संस्थाको सहभागिता रहेको थियो।

प्रकाशित: १७ श्रावण २०८३ १२:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App