१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

मोन्थाको असरले वर्षा जारी, जनजीवन कष्टकर

तस्बिर : बिमला रोक्का

बंगालको खाडीमा विकसित भएको मोन्था चक्रवातको असरको कारण नेपालको मौसम प्रभावित बनेको छ। मोन्था चक्रवातको प्रभावसँगै नेपालमा  पश्चिमी वायु र अरब सागरमा विकसित भएको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव  रहँदा लगातार वर्षा भइरहेको छ। वर्षाको कारण काठमाडौंसहित देशभरको जनजीवन प्रभावित भएको  छ।

आज  कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शनिवार दिउँसो कोशी, मधेस प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रहने र बाँकी प्रदेशमा आंशिक बदली रहने छ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी , बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षासहित हिमपातको सम्भावना रहेको विभागले जानकारी दिएको छ। 

तस्बिर : बिमला रोक्का

प्रकाशित: १५ कार्तिक २०८२ ०७:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App