१२ आश्विन २०८३ सोमबार
image/svg+xml
समाज

वर्षासहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

निरन्तर वर्षा एवं हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ। जिल्ला सदरमुकाम सिमकोटसहित अधिकांश क्षेत्रमा फोन तथा इन्टरनेट सेवा अवरुद्ध समेत भएको छ।

अग्ला स्थानमा रहेका टेलिफोन तथा इन्टरनेट टावरमा जडान गरिएका सोलार प्रणालीले काम नगरेपछि सञ्चार सेवा प्रभावित भएको छ। सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीय तह, सुरक्षा निकाय तथा अन्य सम्बन्धित कार्यालयसँग समन्वय गरी क्षतिको विवरण लिन समस्या भएको छ।

वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा विद्यालय भवनमा क्षति पुग्नुका साथै सडक अवरुद्ध भएको बताइएको छ। निरन्तर वर्षासँगै सिमकोटसहित हिमपातसमेत भएको छ। हिल्सा नाका हिमपातका कारण पूर्ण रूपमा अवरुद्ध रहेको जनाइएको छ।

प्रकाशित: १२ आश्विन २०८३ ०८:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App