अबको केहीबेरमा पूर्वी मधेश र कोशी प्रदेशमा हावाहुरीसहित पानी पर्ने मौसमविद्ले बताएका छन्।
हाल बागमती र मधेश प्रदेशमा हावाहुरीसहित पानी पारिरहेको प्रणाली केहीबेरमा पूर्वी मधेश र कोशी प्रदेशमा पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार यही प्रणालीको प्रभावले हावाहुरी र चट्याङसहित देशका विभिन्न ठाउँमा पानी परिरहेको छ। हावाहुरी र चट्याङसहित पानी परिरहेको बेला सकेसम्म घरभित्रै सुरक्षित बस्न मौसमविद्ले सुझाव दिएका छन्।
प्रकाशित: २१ वैशाख २०८३ १६:०८ सोमबार





