राजस्व अनुसन्धान कार्यालय पथलैयाको टोलीले वीरगन्जको एक सुनचाँदी व्यवसायीको घरमा सोमबार दिउँसो छापा मारेको छ।
वीरगन्जको माईस्थान चौक नजिकै रहेको सुनचाँदी व्यवसायी सन्तोष सारार्फाको घरमा छापा मारिएको राजस्व अनुसन्धान कार्यालय स्रोतले बताएको छ।
सरार्फाको घरमा अनुसन्धान कार्यालय पथलैयाबाट आएको अनुसन्धान अधिकृत विकास मिश्रको नेतृत्वको टोलीले छापा मारेर चेकजाँच गरिरहँदा त्यसको विरोध समेत गरिएको छ। घर बाहिर जम्मा भएका स्थानीयहरूले राजस्व अनुसन्धान कार्यालयले सुरक्षाकर्मी परिचालन गरेर घरमा छापा मारेर व्यवसायीहरूलाई आतंकित बनाएको आरोप लगाउँदै विरोध प्रदर्शन गरिरहेका छन्।
राजस्व अनुसन्धान कार्यालय पथलैयाले घरमा भन्सार छली गरेर सुन ल्याएको सूचनाको आधारमा घरको चेकजाँच गरिएको बताएको छ।
प्रकाशित: २७ आश्विन २०८२ १४:१४ सोमबार





