६ मंसिर २०८३ आइतबार
image/svg+xml
समाज

माछा मार्ने क्रममा करेन्ट लागेर राईको मृ*त्यु

झापाको कमल गाउँपालिका–१ शुक्रबारेस्थित किस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय गोपाल राईको मृत्यु भएको छ। माछा मार्न लगाएको करेन्ट आफैँलाई लाग्दा राईको शनिवार घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले बताए।

यसअघि गत भदौमा पनि सोही खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको थियो। मृतक राईको शवपरीक्षणका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ मंसिर २०८३ ११:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App