२५ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

सार्वजनिक यातायातको भाडा बढ्याे

सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ। बढेकाे भाडादर आजै (बुधबार)देखि नै लागू भएकाे यातायात व्यवस्था विभागले जनाएको छ। विभागका अनुसार यात्रुवाहक सवारी र ढुवानीका सवारीको भाडा बढेकाे हाे। 

विभिन्न १३ वटा सुचकलाई आधारको रुपमा लिइ भाडा बढाएको विभागले स्पष्ट पारेको छ । नेपालमा २०७२ सालदेखि विभिन्न १३ वटा सुचकको आधारमा वैज्ञानिक भाडादर लागु हुँदै आएको छ । १३ सुचकमध्य प्रमुख सूचकको रुपमा इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा विभागले वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था रहेको जनाएको छ ।  

विभागले अन्तर प्रदेश चल्ने सवारीसाधनको मात्रै भाडा बढाएको स्पष्ट पारेको छ। जसअनुसार एक प्रदेशबाट अर्को प्रदेशमा जाने लामो दुरीको सवारीसाधनमा भाडा बढेको हो। विभागले बढाएको भाडामा व्यवसायीले आफ्नो सवारीसाधनमा भएको सुविधाको आधारमा २० प्रतिशतसम्म थप भाडा लिन सक्नेछन्। 

प्रकाशित: २५ चैत्र २०८२ १६:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App