२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार उक्त घटनामा ज्यान गुमाएकाका परिवारलाई राहतस्वरूप जनही दुई लाख रुपैयाँ  उपलब्ध गराउने निर्णय भएको छ।

साथै, घाइते तथा घर, पसल लगायतमा आगजनीबाट पीडित परिवारलाई ५० हजार रुपैयाँ प्रदान गरिने भएको छ। मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो। 

प्रकाशित: १५ श्रावण २०८३ १३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App