२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

आन्दोलनले देशैभर आन्तरिक उडान ठप्प

जेनजीको प्रदर्शनका कारण घरेलु उडानहरू ठप्प भएका छन्। देशभरी भइरहेको युवाहरुको आन्दोलनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने घरेलु उडान प्रायः स्थगित भएका छन्।  

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार काठमाडौं बाहिरका विमानस्थलहरूले सुरक्षा सुनिश्चित गर्न नसकेपछि घरेलु उडानहरू लगभग पूर्ण रूपमा बन्द भएका छन्।  

यसैबीच, पाँचवटा अन्तर्राष्ट्रिय उडान पनि रोकिएका छन्। काठमाडौं विमानस्थलको दक्षिणी मार्ग (कोटेश्वर–काण्डाघारी–बालकोट) क्षेत्रमा बाक्लो धुँवाका कारण दृश्यता प्रभावित भएकाले अन्तर्राष्ट्रिय उडान पनि प्रभावित भएका हुन्।  

भुलका अनुसार सुरक्षात्मक वा प्रशासनिक कारणले विमानस्थल बन्द गर्ने कुनै योजना भने छैन, तर धुँवा र आन्दोलनले उडानमा ठूलो असर पारेको छ।

प्रकाशित: २४ भाद्र २०८२ १५:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App