२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
समाज

छोटी भन्सार कार्यालय पुनर्स्थापनाको माग गर्दै आइतबार पनि बरियारपट्टीमा प्रदर्शन

सिरहाको बरियारपट्टीमा रहेको छोटी भन्सार कार्यालय फिर्ताको माग गर्दै स्थानीयवासी, व्यापारी तथा राजनीतिक दलका प्रतिनिधिहरू आन्दोलनमा उत्रिएका छन्।  

आन्दोलनको तेस्रो दिन आइतबार हुलाकी मार्गमा र्‍याली तथा कोणसभा गरिएको छ।

नेपाल सरकारले २०८३ वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि स्थानीयस्तरमा विरोध चर्किएको हो।  

स्थानीयवासीले उक्त निर्णयले सीमावर्ती क्षेत्रको व्यापार, राजस्व संकलन तथा स्थानीय आर्थिक गतिविधिमा प्रत्यक्ष असर पर्ने भन्दै आन्दोलन थालेका हुन्।

बरियारपट्टी छोटी भन्सार कायम गर्न समन्वय गरिदिन सिरहा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य शिवशंकर यादवले भन्सार विभागका डिजी श्याम प्रसाद भण्डारीसंग फोन सम्वाद गरेका छन्। यद्यपि डिजीले यसका लागि नियमवली नै संशोधन गर्नु पर्ने जवाफ दिएका छन्।

प्रकाशित: २७ वैशाख २०८३ १८:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App