इनिशा विकको बलात्कारपछि हत्या भएको घटनामा न्याय माग गर्दै बागबजारस्थित पद्मकन्या कलेजका छात्राहरूले माइतीघरमा विरोध प्रर्दशन गरेका छन्।
शुक्रबार स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा उनीहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले इनिशाको बलात्कार र हत्यामा संलग्न चार जनालाई 'मृत्युदण्ड'को सजाय माग गरेका छन्।
सुर्खेत गुर्भाकोट नगरपालिका–६ मा स्थायी घर भई वीरेन्द्रनगर–१ मा बस्दै आएकी विक फागुन २३ गते बिहान वीरेन्द्र सहिद पार्क नजिकको सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन्। उनलाई प्रदेश अस्पतालमा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
सामूहिक बलात्कारपछि हत्या गरिएको भन्दै मृतकका परिवारले न्यायको माग गरिरहेका छन्।
प्रकाशित: २९ फाल्गुन २०८२ १३:१५ शुक्रबार

