१६ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

सुनसरीमा निषेधाज्ञाको समय भोलि बिहान ९ बजेसम्म थप

जिल्ला प्रशासन कार्यालय सुनसरीले १० वटा स्थानीय तहमा भोलि बिहान ९ बजेसम्म निषेधाज्ञा थप गरेको छ।

प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार साउन १६ गते अपरान्ह ५ बजेदेखि साउन १७ गते बिहान ९ बजेसम्म निषेधाज्ञा थप गरेको हो। प्रशासन कार्यालयले साउन १२ गते राति ९ बजेदेखि लगाएको कर्फ्युलाई हटाएर शनिबार बिहान ८ः३० देखि बेलुका ५ः०० बजेसम्मका लागि निषेधाज्ञा लगाएको थियो। फेरि दोस्रोपटक निषेधाज्ञाको समय थपेको हो।

‘भोलि बिहानसम्मको अवस्था हेरेर निषेधाज्ञा हटाउन सक्ने अवस्था पनि हुन सक्छ,’ प्रमुख जिल्ला अधिकारी अर्यालले भने।

यतिबेला निषेधाज्ञा लागू भएका क्षेत्रहरूमा इटहरी उपमहानगरपालिका–१६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, इनरुवा नगरपालिका, दुहबी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, देवानगञ्ज गाउँपालिका, हरिनगर गाउँपालिका र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्र समावेश छन्।

प्रकाशित: १६ श्रावण २०८३ १९:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App