१६ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

सुरई खोलामा डबुेर भारतीय नागरिकको मृत्यु

फाइल तस्बिर

दिदीको घरमा आएका एक भारतीय नागरिकको कपिलवस्तुको शिवराज नगरपालिका– १ सुरई खोलामा डुबेर शनिवार दिउसो मृत्यु भएको छ ।

भारतको बढनी घरमा भएका उनी आफनो दिदीको घर शिवराज नगरपालिका ४ बनकट्टमा आएका बेला नुहाउन आफन्ती सहीत खोलामा दिउसो गएका थिए ।  दिउसो साढे ३ बजेतिर खोलामा बेपत्ता भएका उनलाई नेपाल र सशस्त्र प्रहरीको उद्धार टोलीले २ घन्टा पछि गंभीर अवथामा फेला पारेको थियो । 

चन्द्रौटास्थित आधारभुत सेवा अस्पतालमा उपचारकालागि पुरयाइए लगत्तै डाक्टरले उनलाई मुत घोषणा गरेको प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले बताए ।  

प्रकाशित: १६ श्रावण २०८३ १९:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App