२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

जेनजी आन्दोलनमा काठमाडौंबाट फरार कैदी रौतहटमा पक्राउ

जेनजी आन्दोलनका क्रममा काठमाडौंको एक कारागारबाट फरार रहेका कैदी रौतहटमा पक्राउ परेका छन्। काठमाडौंको जगन्नाथदेवल कारागारबाट फरार भइ हालसम्म आत्मसमर्पण नगरेका र पक्राउ पनि नपरेका एक कैदीलाई रौतहटको चन्द्रपुरबाट पक्राउ गरिएको हो।

निर्वाचन क्षेत्र नम्बर ४ बेस, सन्तपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वनाथ जिसिको नेतृत्वमा खटिएको मोबाइल टोलीले फरार कैदी सागर खाती विश्वकर्मालाई नियन्त्रणमा लिएको हो। चन्द्रपुर नगरपालिका ४ ठाडाटोलका २७ वर्षीय खातीलाई चन्द्रनिगाहपुर क्षेत्रबाट सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो।

लागु औषध मुद्दामा कैद सजाय भुक्तान गरिरहेका विश्वकर्मा चन्द्रनिगाहपुर क्षेत्रमा लुकीछिपी बस्दै आएका थिए। फरार कैदीको सूचीमा रहेको विश्वकर्मालाई सुरक्षाकर्मीले निरन्तर खोजी गरिरहेको थियो। सुरक्षाकर्मीको आँखा छलेर बसिरहेका विश्वकर्मालाई पक्राउ गरेसँगै आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाइएको छ।

पक्राउ परेका विश्वकर्मालाई पुनः कारागार चलान गर्ने प्रक्रिया अगाडि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

प्रकाशित: २९ माघ २०८२ २०:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App