२७ मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

प्रेस काउन्सिलले जेन–जी विद्रोहका क्रममा सम्प्रेषित सामग्रीबारे विशेष अनुगमन गर्ने

प्रेस काउन्सिल नेपालको शुक्रबार बसेको बैठकले पत्रकार आचारसंहिता अनुगमनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। काउन्सिलका सदस्य बालकृष्ण अधिकारीको अध्यक्षतामा बसेको बैठकले आचारसंहिता उलंघनका प्रवृत्ति, उजुरी र स्वअनुगमनलगायत सम्बन्धमा छलफल महत्त्वपूर्ण छलफल गर्दै विभिन्न ६ वटा निर्णय गरेको हो। 

बैठकले कतिपय मिडियाबाट भ्रामक सूचनाहरू सम्प्रेषण भइरहेको भन्ने गुनासा आइरहेको र काउन्सिलको अनुगमनबाट समेत त्यस्तो देखिएको ठहर गरेको छ। पछिल्लो बदलिँदो परिस्थितिसँगै प्रतिनिधिसभा निर्वाचन तय भएको अवस्थामा थप जिम्मेवार भई आचारसंहिता पालनामा ध्यान दिन पत्रकार र सञ्चारमाध्यमलाई आह्वान गर्ने काउन्सिलले निर्णय गरेको छ। 

यस्तै आचारसंहिता अनुगमनलाई थप चुस्त दुरुस्त बनाउन काउन्सिलका तीन सदस्यलाई ‘फोकल पर्सन’ तोक्ने र उजुरी तथा गुनासा सुन्ने व्यवस्था गरेको छ। 

फोकल पर्सनमा टेलिभिजन, एफएम रेडियोतर्फ नकुल अर्याल, छापा माध्यमतर्फ पदमराज जोशी र अनलाइन सञ्चारमाध्यमतर्फ शन्तराम बिडारीलाई तोकिएको छ। 

यस्तै सातै प्रदेशमा आचारसंहिता, मिडिया अनुगमन तथा श्रमजीवी पत्रकार र मिडियाको अवस्था सम्बन्धमा अन्तरक्रिया गर्ने पनि बैठकले निर्णय गरेको छ। 

यस्तै २०८२ भदौ ५ देखि असोज ५ सम्म सञ्चार माध्यमबाट सम्प्रेषित सामग्रीको विशेष अनुगमन गर्ने पनि काउन्सिलले अर्को निर्णय गरेको छ। जसका लागि सदस्य बालकृष्ण अधिकारीको संयोजकत्वमा विज्ञसहितको कार्यदल गठन गर्ने पनि निर्णय भएको छ। 

प्रकाशित: २४ आश्विन २०८२ २०:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App