डुम्रे-बेसीशहर-चामे सडकअन्तर्गत बेसीशहर-चामेको रामबजारमा पहिरो हटाएर यातायात सुचारु भएको छ।
सडक विभागका अनुसार बगरछापमा लेदो तथा पहिरो हटाउने काम हुँदैछ। बगेका काठेपुल भएका स्थानमा वैकल्पिक बाटो बनाएर पर्सी (शुक्रबार) सम्म डुम्रे-बेसीशहर-चामे सडक सुचारु गर्ने तयारी छ।
तिमाङदेखि कोतोसम्म पहिरो हटाउने काम पनि भइरहेको छ। विभागका अनुसार फापरखेतमा स्थानीय व्यक्तिको खेत काट्नुपर्ने भएपछि जग्गाको क्षतिपूर्ति माग गरिएको थियो। पालिका, जिल्ला प्रशासन लगायतसँग समन्वय गरी समस्या समाधान भइसकेको छ।
खोत्रोमा बगेको सडकमा पछाडिबाट कटान गर्ने र टेवा पर्खाल लगाउने काम हुँदैछ। त्यहाँ बेलुकासम्म यातायात सुचारु हुने विभागले जनाएको छ।
खोत्रो नजिकैको भीरमा नेपाली सेनासँग समन्वय गरी विस्फोट गराउने काम पनि भइरहेको छ।
प्रकाशित: १४ आश्विन २०८३ १४:१९ बुधबार





