२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

इटहरीमा शान्ति–जनसुरक्षाका लागि प्रहरी कार्यालय व्यवस्थापनको तयारी

जेन–जी पुस्ताको आन्दोलनका क्रममा इटहरीमा रहेको इलाका प्रहरी कार्यालय तोडफोड र आगजनी गरेर बिस्थापित भएपछि उपयुक्त स्थानमा पुनः व्यवस्थित गर्ने इटहरी उपमहानगरपालिकाले निर्णय गरेको छ ।  

जेन जी आन्दोलनपछि तरहरा प्रहरी चौकीको नयाँ भवनमा सरेको इलाका प्रहरी कार्यालयलाई शान्ति, जनसुरक्षा र सवा प्रवाहलाई प्रभावकारी बनाउन उपयुक्त स्थानमा पुनःव्यवस्थित गरिने उपमहानगरपालिकाको सोमबार बसेको १५० औं कार्यपालिका बैठकले निर्णय गरेको हो ।  

प्रहरी कार्यालय पूर्ण रुपमा काम नलाग्ने भएकाले अरु नयाँ उपयुक्त स्थान अहिलेसम्म पनि पहिचान गर्न नसक्दा समस्या भएको छ । नयाँ पुनः व्यवस्थित गरिने प्रहरी कार्यालयबाटै ट्राफिक प्रहरी कार्यालयको समेत काम गरिने भएको छ ।  

जेन–जी आन्दोलनको पहिलो दिन इटहरीमा दुई जनाको मृत्यु भएको थियो । मृतक परिवारलाई इटहरी उपमहानगरपालिकाले जनही एक लाख रुपैयाँका दरले सहयोग गर्ने पनि निर्णय गरेको जानकारी दिइयो । उपमहानगरपालिका कार्यपालिका बैठकले नगरको सुरक्षालाई प्राथमिकतामा राखेर दमकल समेत खरीद गरि तत्काल सञ्चालनमा ल्याउने निर्णय गरेको छ । 

आन्दोलनका क्रममा इटहरी उपमहानगरपालिकाका दमकलसहित अन्य सवारी साधन, मेयर बस्ने कार्यकक्षसहित अन्य भौतिक संरचनामा आगजनी तथा तोडफोड भएको थियो । 

प्रकाशित: १३ आश्विन २०८२ २०:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App