५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

पैदलयात्रीलाई मुक्का हान्ने बम प्रहरीको नियन्त्रणमा

काठमाडौंको चप्पल कारखाना नजिक पैदलयात्रीमाथि कुटपिट गरेको आरोपमा एक जना कार चालक पक्राउ परेका छन्। सामाजिक सञ्जालमा घटना सम्बन्धी भिडियो भाइरल भएपछि प्रहरीले चालक पारस बमलाई नियन्त्रणमा लिएको हो। 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बमलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरेका छन्। भाइरल भिडियोमा चालक गाडीबाट झरेर पैदलयात्रीलाई मुक्का प्रहार गरेको देखिन्छ। 

ट्राफिक प्रहरीका अनुसार पैदलयात्रीलाई मुक्का हानेको आरोपमा बमलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ। घटनाबारे थप छानबिन जारी रहेको र चालकविरुद्ध आवश्यक कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।    

प्रकाशित: ५ फाल्गुन २०८२ १७:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App