१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

फक्ताङलुङद्वारा कृषि सडक मर्मतसम्भारमा सघाउन पालिकामा सञ्चालित हाइड्रोलाई अनुरोध

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले वर्षाले क्षतिग्रस्त बनाएका पालिका क्षेत्रका कृषि सडकलाई मर्मतसम्भार तथा सफाइ गरिदिन पालिकामा सञ्चालित जलविद्युत परियोजनाहरूलाई आग्रह गरेको छ।

पालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले सुख्खा याम लागिसकेको भन्दै पालिकाभित्रका कृषि सडकहरू मर्मतसम्भार तथा सफाइ गरिदिन पालिकामा सञ्चालित जलविद्युत परियोजनाहरूलाई आग्रह गरेका छन्। मर्मतसम्भार तथा सफाइका लागि जलविद्युत परियोजनालाई पालिकाको तर्फबाट पटक–पटक आग्रह गरिसकिएको भन्दै उनले नागरिकको जीवन सहज बनाउने कार्यमा सहयोग गरिदिन आग्रह गरेका छन्।

पालिका अध्यक्ष लिम्बूले यथाशिघ्र बाटो मर्मत सरसफाइमा कार्यमा अग्रसरता देखाएर सहयोग गरिदिन पालिका क्षेत्रमा रहेका सबै जलविद्युत परियोजना सञ्चालकलाई आग्रह गरेका छन्।

प्रकाशित: १० कार्तिक २०८२ १४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App