१५ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
समाज

सुर्खेतमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुर्खेतमा टिपरको ठक्करबाट घाइते भएका पैदलयात्री कमल वलीको उपचारका क्रममा मृत्यु भएको छ।

भेरीगङ्गा नगरपालिका-२ सुर्खेत कालापानीका २३ वर्षीय वलीको आज उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रहरीका अनुसार कालापानी खोलाबाट सत्तरी भन्ने ठाउँतर्फ जाँदै गरेको कप्र ०२-००१ ख ०६४७ न को टिपरले पैदलयात्री वलीलाई बुधबार राति ठक्कर दिएपछि घाइतेका बुबा दलबहादुर वलीले उपचारका लागि राति नै कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्‍याएका थिए।

उपचारका क्रममा आज प्रदेश अस्पताल सुर्खेतले वलीलाई मृतघोषणा गरेको छ।

टिपर चालक वीरेन्द्रनगर नगरपालिका-१० सुर्खेतका ५२ वर्षीय मानबहादुर चौधरीलाई बुधबार घटनास्थलबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ जेष्ठ २०८३ २०:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App