१८ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटन दरबार, पहिलेजस्तै छैन रौनक (तस्बिरहरु)

विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको ऐतिहासिक पाटन दरबार स्क्वायर परिसरमा कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा विगतका वर्षहरूजस्तो उल्लास र भीडभाड देखिएको छैन।

हरेक वर्ष हजारौं भक्तजनको घुइँचो लाग्ने कृष्ण मन्दिर परिसर यस वर्ष तुलनात्मक रूपमा शान्त र सुनसान प्रायः देखिएको छ।

विशेषगरी हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले देशमा पुर्‍याएको ठूलो जनधनको क्षति र त्यसले सिर्जना गरेको राष्ट्रिय शोकको प्रभाव कृष्ण जन्माष्टमीको उल्लासमा परेको हो।

बाढीको महाविपत्तिले धेरै नागरिकले ज्यान गुमाएको र हजारौं बेपत्ता भएको अवस्थामा आम मानिसको ध्यान र संवेदना विपद् व्यवस्थापन र उद्धारतर्फ केन्द्रित भएकाले चाडपर्वको रौनक फिक्का भएको स्थानीयहरू बताउँछन्।

कृष्ण जन्माष्टमीको अघिल्लो दिन साँझदेखि नै पाटन दरबार क्षेत्रमा भजनकीर्तन, दीप प्रज्वलन र भक्तजनको लामो लाइन लाग्ने परम्परा रहे पनि यसपटक भने सीमित सङ्ख्यामा मात्र श्रद्धालुहरू मन्दिर दर्शनका लागि पुगेका छन्।

देशमा परेको विपद् र मौसमको प्रतिकूलताका कारण यस वर्षको पर्व विगतभन्दा सादगीपूर्ण रूपमा मनाइँदै छ।

हेराैं तस्बिरहरु, सबै तस्बिर: द्वारिका काफ्ले/नागरिक

प्रकाशित: १८ भाद्र २०८३ २०:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App