काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ कटुन्जेबाट थानसिंह जाने भित्री सडकखण्डअन्तर्गत खरिबोटमा यात्रुबाहक बस रोशी खोलाको बीचमा फसेको छ।
खोलाको बीचमा पुगेपछि बस कोल्टे परेर फसेको हो। बस फसेपछि स्थानीयवासीको सहयोगमा बसमा रहेका यात्रुहरूको उद्धार गरिएको छ।
घटनामा मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन।
प्रकाशित: ८ आश्विन २०८३ ११:२४ बिहीबार





