२४ पुस २०८२ बिहीबार
image/svg+xml
समाज

पाँचथर सवारी दुर्घटना : ६ जनाको मृत्यु, ६ घाइते

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाबाट धरानतर्फ जाँदै मे १ ज ३०५५ नम्बरको बोलेरो जीप पाँचथरको पाँचथरको कुम्मायक गाउँपालिका वडा नं ३ कात्तिकेमा शनिवार दिउँसो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले नागरिकसँग कुरा गर्दै ६ जनाको मृत्यु भएको पुष्टि गरे। उनका अनुसार ३ महिला र ३ पुरुष गरी ६ जनाको मृत्यु भएको छ। ६ जनाको उद्धार गरी उपचारका लागि पठाईएको समेत उनले जानकारी दिए। 

घटनास्थलमा रहेका पाँचथरका सञ्चारकर्मीहरूले सिकिस्त घाइते अवस्थाका ५ जनालाई उपचारका लागि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र एक जनालाई पाँचथरको फिदिम अस्पताल पठइएको बताएका छन्।

प्रकाशित: १८ आश्विन २०८२ १५:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App