२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

प्याब्सन र एनप्याब्सनले निकाले स्कुलका सवारीको र्‍याली (तस्बिरहरू)

विद्यालय शिक्षा विधेयकका केही प्रावधानको विरोध गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) ले आफ्ना स्कुलका सवारीको र्‍याली निकालेर विरोध गरेका छन् ।

शुक्रबार प्याब्सन र एनप्याब्सनले आफ्ना स्कुलका सवारीको र्‍याली निकालेका हुन्। यसरी निकालिएको र्‍यालीले चक्रपथको परिक्रमा गरिएको छ ।

विद्यालयहरूको छाता सङ्गठनहरूले ८ गतेसम्म माग पूरा नभए ९ गतेदेखि निजी विद्यालय बन्द गरेर आन्दोलन गर्ने घोषणा गरेका छन्।

विद्यालय शिक्षा विधेयकमा समावेश पूर्ण छात्रवृत्ति, विद्यालयमा उत्पादन नहुने सामग्री उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, विद्यालयहरूलाई ‘गैरनाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने लगायतका माग उनीहरूरुले राखेका छन्।

प्रकाशित: ६ भाद्र २०८२ १६:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App