चितवनमा एक जनाको हत्या भएको छ ।
भरतपुर महानगरपालिका ७ स्थित बुद्ध चोकमा (मंगलबार) साँझ अटो पसलमा काम गर्ने ३० वर्षीय आशिष खनालको चक्कु प्रहारबाट मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। मोटरसाइकलमा आएका व्यक्तिले हत्या गरेर भागेका प्रत्यक्षदर्शीले बताएका छन् ।
धारिलो हतियार प्रहार गर्ने व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: २३ वैशाख २०८३ १६:१४ बुधबार





