६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

टिकटक बनाउने क्रममा कालीगण्डकीमा एक जना बेपत्ता

फाइल तस्बिर

बेनी नगरपालिका-८ कालीपुलमा टिकटक बनाउने क्रममा कालीगण्डकी नदीमा खस्दा एक जना बेपत्ता भएका छन्। कालीकोटको शुभकालिका गाउँपालिका-८ का अन्दाजी २२ वर्षीय सदान्द पोखरेल टिकटक बनाउने क्रममा कालीगण्डकीले बगाएर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

कालीपुल बसपार्कको गण्डकी होटल एण्ड रेष्टुरेष्टको पछाडि कालीगण्डकीको किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर नदीमा बेपत्ता भएका पोखरेलको खोजी जारी रहेको प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए।

पोखरेल म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको ठूलोखोला जलविद्युत् आयोजनामा कार्यरत थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुर्यबहादुर थापाको टोलीसहित सुरक्षाकर्मी परिचालन गरी बेपत्ता पोखरेलको खोजी भइरहेको उनले बताए। रासस

प्रकाशित: १२ आश्विन २०८२ ०६:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App