२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
समाज

भारतको उत्तराखण्ड बाढीमा जुम्लाका एक बेपत्ता, दुई गम्भीर घाइते

गत साउन २० गते भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली क्षेत्रमा गएको बाढीमा परेर जुम्लाका एक जना सम्पर्कविहीन छन् भने दुई जना गम्भीर घाइते अवस्थामा छन्।

जुम्लाको तिला गाउँपालिका-३ का ४४ वर्षीय जनबहादुर शाही सम्पर्कविहीन भएका हुन्। उनको खोजी कार्यमा सहयोग गर्न परिवारले गुहार गरेको छ। बाढी गएको एक साता बित्दा पनि उनको अवस्था अज्ञात छ।

हप्तौंसम्म परिवारको सम्पर्कविहीन भएपछि परिवार चिन्तित छन्। अघि पछि सम्पर्क भइरहने शाहीसँग एकाएक सम्पर्कविच्छेद भएपछि परिवारले खोज तथा उद्धारमा आवश्यक सहयोग गर्न माग गरेको छ। बेपत्ता भएका शाही धरालीमा होटल चलाइरहेका थिए।

यता जुम्लाको तिला गाउँपालिका- ३ को वडा कार्यालयले हराइरहेका शाहीको खोजी कार्यका लागि जिल्ला प्रशासन कार्यालयमा अनुरोध पत्र पठाएको छ। पत्रमा साउन २० गतेदेखि उनी हराइरहेको उल्लेख छ। तिला गाउँपालिका-५ का वडाध्यक्ष ललितबहादुर शाहीले धराली पहिरोमा परी दुई जना घाइते भएको जानकारी प्राप्त भएको बताए। उनका अनुसार तिला गाउँपालिका ५ का वीरेन्द्रबहादुर शाही र यज्ञ विक्रम शाही घाइते अवस्थामा छन्।

वीरेन्द्रबहादुरको देरादुन एनसी अस्पतालमा र यज्ञको देरादुन भारतीय सैनिक व्यारेकमा उपचार भइरहेको छ।वडाध्यक्ष ललितबहादुर शाहीले भने, ‘वीरेन्द्रबहादुरको टाउको फुटेर गम्भीर चोट लाग्नुको साथै दायाँ हात दुई ठाउँमा भाँचिएको छ। यज्ञको पनि शरीरका धेरै ठाउँमा चोटपटक लागेको खबर प्राप्त भएको छ।’

प्रकाशित: २७ श्रावण २०८२ १०:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App