२३ माघ २०८२ शुक्रबार
image/svg+xml
समाज

चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–३ बस्ने ५५ वर्षीय तेजबहादुर पाठक रहेका छन्।

आज दिउँसो घर नजिक बाटोमा गैंडाको आक्रमणबाट घाइते भएका पाठकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जानकारी दिए।

मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

प्रकाशित: १७ माघ २०८२ १९:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App