२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

खोटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

खोटाङको दिक्तेलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवा सडकखण्डको सोल्मामा शुक्रबार साँझ भएको दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ५५ वर्षीय पदमबहादुर खड्काको मृत्यु भएको हो।

प्रदेश १–०५–००१ प १७६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खस्दा मोटरसाइकलको पछाडि सवार खड्का गम्भीर घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार घाइते खड्कालाई तत्काल उद्धार गरी जिल्ला अस्पताल पुर्‍याइएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको हो।

मोटरसाइकल चालक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ का ३० वर्षीय दिनेश आचार्य भने सकुशल रहेका छन्। दुर्घटना लगत्तै चालक आचार्य आफैँले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले चालक र मोटरसाइकललाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित: ५ पुस २०८२ १४:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App