१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

कञ्चनपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौंबाट महेन्द्रनगरतर्फ आइरहेको यात्रुवाहक बस आज बिहान यहाँ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ना७ख ६१८२ नम्बरको बस कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना हुँदा कृष्णपुर नगरपालिका–१ बण्ड का ४२ वर्षीय बलबहादुर बोहराको मृत्यु भएको हो।

दुर्घटनामा परी घाइते भएका बोहराको उपचारका क्रममा वाणी अस्पतालमा मृत्यु भएको हो। बसमा पाँच जना मात्र सवार थिए। बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: १५ कार्तिक २०८२ १२:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App