२१ आश्विन २०८३ बुधबार
image/svg+xml
समाज

करेन्ट लागेर एकको मृ*त्यु

गुल्मीको धुर्कोट गाउँपालिका-५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृ*त्यु भएको छ।

स्थानीय सिमलचौरस्थित आफ्नै खेत नजिकै लत्रिएको बिजुलीको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार भण्डारी मंगलबार दिउँसो स्थानीय सिमलचौर र चापटारीस्थित खेतमा पानी लगाउन भनी घरबाट निस्किएको र साँझसम्म  घर नफर्किएपछि आफन्त र छरछिमेकीले उनको खोजी गरेका थिए।

खोजीकै क्रममा आज बिहान खेत नजिकै लत्रिएको बिजुलीको तारमा परी मृत्यु भएको अवस्थामा उनलाई फेला परिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन्। घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ आश्विन २०८३ १२:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App